नेपाली कामदारका लागि कतारमा ५७ प्रिन्ट रगत संकलन

मणि लामा, दोहा, कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा दोहा स्थित हमाद जेनेरल हस्पिटलमा २७ जुलाई शुक्रबारका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको वार्षिक उत्सवको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ५७ प्रिन्ट रगत संकलन भएको छ । संकलित रगत आवश्यक परेको खण्डमा नेपाली कामदार लाई निःशुल्क उपलब्ध गराईने महासंघका अध्यक्ष देवराज राईले जानकारी दिएका छन् ।

हमाद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको संयोजनमा आयोजित सो रक्तदान कार्यक्रम मा नेपाल प्रवासी तामाङ समाज कतार, नेपाल मगर संघ कतार लगायत विभिन्न ११ वटा मातृसंगठनका प्रतिनिधिहरु सहित एकसय जनाजना भन्दा बढीको उपस्थित रहेकोे थियो।

यसमा तपाइको मत