प्रजातान्त्रिक योद्धा, काँग्रेस नेता आचार्यको निधन

बिदुर । पंचायती व्यवस्था बिरुद्धको २०४६ सालको संयुक्त जन आन्दोलनका कमाण्डर, नेपाली काँग्रेस नुवाकोटका पूर्व कार्यबाहक सभापति बिदुर नगरपालिका वडा नम्वर ५ माझिटार निवासी बिष्णु आचार्यको ६३ बर्षको उमेरमा आईतबार बिहान निधन भएको छ । केही समय देखि पित्त थैलीको समस्याका कारण अस्वस्थ आचार्यको उपचारको क्रममा काठमाडौं स्थित बिर अस्पतालमा निधन भएको र आईतबार बिहान नै पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिने पारिवारीक स्रोतले जनाएको छ । स्वर्गीय आचार्यका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

coronavirus

नुवाकोटमा बिपीको समाजवादी बिचारको प्रचारप्रसार मार्फत काँग्रेसको संगठन बिस्तार र पंचायत बिरोधी जनमत निर्माणमा क्रियाशिल आचार्य २०५७ सालताका केही समय नेपाली काँग्रेस नुवाकोटको कार्यबाहक सभापति समेत भएका थिए । पटक–पटक नेपाली काँग्रेसको महासमिति सदस्य र महाधिबेशन प्रतिनिधी रहेका आचार्य पछिल्लो समय बिपी विचार मञ्चको अध्यक्षको रुपमा नुवाकोटमा बिपी बिचार प्रबर्धनमा क्रियाशिल रहेका थिए । निडर अनि हक्की स्वभाव र स्पष्टबक्ताको छवी बनाएका आचार्यले नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षको रुपमा शैक्षिक बिकासको क्षेत्रमा समेत आफूलाई क्रियाशिल गराएका थिए ।

तपाइको प्रतिक्रिया