सरकार बिरोधी प्रदर्शनमा जनसहभागिता बढ्दो, नुवाकोटमा काँग्रेसको शक्ति प्रदर्शन

बिदुर । जनताका चाहनाहरु बिपरीत सरकारका गतिबिधीहरु संचालन हुन थालेपछि सरकार बिरोधी जनमत बढ्दै गएको छ । बढ्दो महंगी, अस्वाभाविक र अबैज्ञानिक रुपमा कर बृद्धी र मौलिक मानव अधिकार बिरोधी सरकारी रबैयाले नागरिकलाई सडकमा उत्रने अवस्था सिर्जना गरिरहेको छ । यसै सन्दर्भमा नेपाली काँग्रेसले मंगलबार देशव्यापी रुपमा आयोजना गरेको बिरोध प्रदर्शनमा देखिएको सहभागिताले पछिल्ला सरकारी निर्णयहरुप्रति जनता सन्तुष्ट नरहेको स्पष्ट समेत पारेको छ ।

coronavirus

मंगलबार नेपाली काँग्रेस नुवाकोटले पनि सदरमुकाम बिदुरमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । बिदुर स्थित पार्टी कार्यालयबाट सुरु भएको सयौं काँग्रेस समर्थकहरु सहभागी जुलुस सरकार बिरोधी नाराहरु लगाउँदै सदरमुकाम परिक्रमा पछि बट्टार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागिहरुले स्थानीय तहहरुले बृद्धी गरेका करहरु तत्काल फिर्ता लिन माग गर्दे फिर्ता नभए अझ कडा आन्दोलन गर्ने चेतावनीमिश्रीत नाराहरु समेत लगाएका थिए । मंगलबारको काँग्रेस जुलुसमा पार्टीका भातृ संगठनका नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको र जुलुसको सहभागिता सोचे भन्दा धेरै उत्साहजनक रहेको नुवाकोट काँग्रेसका प्रबक्ता राजु थापाले बताए ।

र्यालीपछि बट्टारचोकमा आयोजित कोणसभामा नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसी, प्रदेशसभा सदस्य एवं महिला संघकी अध्यक्ष कल्पना नेपाली, उपसभापति लक्ष्मण थापा, महासमिति सदस्य रमेशकुमार महत, जिल्ला सचिवहरु सुरेन्द्रराज अधिकारी र शिव दहाल,काँग्रेस नेता मोहन खड्का, तरुण दलका जिल्ला सचिव सुवन गिरी, नेपाल बिद्यार्थी संघका उत्तम पाठक, नवराज सुवेदी , शेरबहादुर गजुरेल लगायतले सरकारले जनबिरोधी कृयाकलापहरु नसच्याए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।

तपाइको प्रतिक्रिया