साँसद आचार्य सार्वजनिक लेखा समितिमा

बिदुर । रसुवाबाट प्रतिनिधीसभामा प्रतिनिधीत्व गर्नुहुने साँसद मोहन आचार्य सार्बजनिक लेखा समितिको सदस्यमा मनोनित भएका छन् ।

coronavirus

संसदको अत्यन्त महत्वपूर्ण मानिने उक्त समितिमा साँसद आचार्य संगै अमनलाल मोदी, कृष्णलाल महर्जन, गंगाबहादुर तामाङ, चन्दा चौधरी, तेजुलाल चौधरी, धर्माशीला चापागाईं, पार्वता डिसी (चौधरी), पार्वतीकुमारी विशुन्के, पुष्पाकुमारी कर्ण कायस्त, प्रेमबहादुर आले, विमलप्रसाद श्रीवास्तव, भरतकुमार शाह, मीना सुब्बा, मीनेन्द्रप्रसाद रिजाल, मैनाकुमारी भण्डारी, यज्ञबहादुर बोगटी, राजेन्द्रकुमार केसी, लेखराज भट्ट, वसन्तकुमार नेम्वाङ, विना देवी बुढाथोकी, विमला विश्वकर्मा, विरोध खतिवडा, विशाल भट्टराई, शरतसिंह भण्डारी, सूर्यप्रसाद पाठक र हृदयेश त्रिपाठी सदस्य रहेका छन् ।

यसअघि प्रतिनिधिसभाको बिहिबार बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि बैठकले उक्त नाम बहुमतले अनुमोदन गरेको हो ।

तपाइको प्रतिक्रिया