निशान बानिया– ”जसलाई सफलताले पछ्याईरहेछ”

बिदुर । भनिन्छ मानिसको जीवनमा जे सोच्यो त्यो हुँदैन र जे सोचिएको छैन त्यही भईरहेको हुन्छ । यस्तै नियतीसंग साक्षात्कार गरेका छन् पछिल्लो पुस्ताका उदीयमान निर्देशक, संगितकार, गीतकार निशान बानियाँले पनि । नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो पटक आशालाग्दो निर्देशकको छवी बनाईरहेका निशान अध्ययन भन्दा बिल्कुलै फरक बिधामा अहिले ब्यस्त भईरहेका छन् । छोराको तिक्ष्ण दिमाग देखेर उनलाई मेडिकल साईन्सको महत्वपूर्ण पाटो मानिने फार्मेसी सम्मको अध्ययन गराएका उनका मातापितालाई पनि छोरा आज नेपाली कलाकारीता क्षेत्रमा यसरी सफल हुँदै जाला भन्ने लागेकै थिएन र अहिले निशान निरन्तर सफलताले पछ्याउने एक ब्यस्त कलाकर्मीको रुपमा क्रियाशिल भईरहेका छन् ।

स्याङ्जाको फेदिखोला गाउँँपालिका वडा नम्वर २ मा पिता रामबहादुर र माता राममाया बानिँयाको कान्छो सुपुत्रको रुपमा जन्मिएर त्यहीँको लिटिल फ्लावर बोर्डिङ स्कूलबाट प्रबेशिका परीक्षा उत्तीर्ण गरेपछि निशान उच्च शिक्षाका लागि काठमाडौं आईपुगे । काठमाडौं आएर पुरानो बानेश्वर स्थित नेशनल एकेडेमी अफ मेडिकल साईन्सबाट फार्मेसी अध्ययन पुरा गरेका निशानको अन्तर्मनमा भने नेपाली कलाकारीता क्षेत्रमा रम्ने तिब्र चाहना थियो र यही चाहनाले डोर्याउँदा आफ्नै शव्दमा २०६९ सालमा ‘यो संसारमा छैन’बोलको गीत मार्फत साँगितिक क्षेत्रमा पदार्पण गरे निशान।

काका रत्न बानिँयाको निरन्तरको हौसला र परिवारको साथले उत्साहित निशानले छ बषैको छोटो समयमै नेपाली साँगितिक क्षेत्रमा ‘पर्छ सधै रुनजीबन साथि खोजे, तिम्लाइ हेर्ने आँखाबितेका पल’ जस्ता चर्तित गीतहरु दिईसकेका छन् । निशानकै शव्द संगीतमा हालसम्म चार दर्जन बढी गीतहरु बजारमा आईसकेको छ भने आफ्नै लगानीमा पानस डिजिटल कम्पनी मार्फत उत्कृष्ट कलाकर्मका लागि लागिपरेका छन् ।

लय र शब्द संकलन संगै म्युजिक भिडियोहरुको निर्देशनमा व्यस्त निशानले ‘संगसंगै , चोखो माया (आधुनिक), बितेका पल,कस्तो रैछ कर्म, , रुदै रुदै जस्ता चर्चित म्युजिक भिडियोहरु मार्फत आफ्नो निर्देशन क्षमता प्रस्तुत गरिसकेका छन् भने दुर्गेश थापा, साया भण्डारी, सारिका केसी जस्ता चर्चित कलाकारहरुलाई आफ्नो क्यामेरा अघि उभ्याईसकेका छन् । निरन्तर नेपाली कलाकारीता क्षेत्रमा नयाँपन दिने उद्धेश्यले क्रियाशिल निर्देशक, गीतकार, शब्द संकलक निशान भन्छन– “धेरै संघर्ष गरेर पनि यही क्षेत्रमा रमाईरहेको छु, आगामी दिनमा पनि कसरी यो क्षेत्रमा सार्थक उपस्थिती देखाउन सकिन्छ भनेर क्रियाशिल रहिरहनेछु ।”

यसमा तपाइको मत