तीजमा ‘जमेकी’ शितलकी ‘महारानी’

बिदुर । उत्कृष्ट सिर्जना भयो भने एउटै सिर्जनाले कलाकारलाई चर्चाको शिखरमा पुर्याईदिन्छ भन्ने प्रमाणित गरिदिएकी छिन् कलाकार शितल शर्माले । बिशेष गरेर नेपाली कलाकारीता क्षेत्रमा अब्बल उद्घोषिकाको छबी बनाएकी शितललाई यस पटकको तीज अत्यन्तै फापेको छ । शितलले सार्बजनिक गरेको ‘महारानी’ बोलको तीजगीत अत्यन्त चर्चित भएसंगै मोलिक सिर्जनाले बजार पाउने तथ्य समेत प्रमाणित भएको छ । नेपाली नारी हरुको महान पर्ब तीजलाई लक्षित गरी यनीहरुकै भावना समेटेर बजारमा ल्याईएको महारानीमा शीतलसँगै कला लम्साल र शिव हमालको स्वर रहेको छ भने हाँस्य कलाकार राजु मास्टर सँगै गायिका शीतल र कलाको अभिनय र आकर्षक स्थानमा गरिएको छायाँकनले गीतको म्युजिक भिडियोलाई थप आकर्षक बनाएको छ ।

पछिल्लो समय तीज गीतमा बिकृती बढिरहेको र चर्चामा आउनका लागि मात्र गीत बजारमा ल्याउने प्रचलन चलिरहेको सन्दर्भमा शितलको महारानी एउटा पृथक परिचय र सन्देश सहित साँगितिक आकाशमा प्रस्तुत भएको छ । प्रस्तोता शर्मा भन्छिन : ”सधैं सार्थक काम गर्नुपर्छ भन्ने भावनाका साथ तीजको मौलिक पहिचान स्थापित गर्न महारानी प्रस्तुत गरिएको हो ।”

यसमा तपाइको मत