काँग्रेसको संगठन र जिल्लाको बिकास संगसंगै अघि बढ्नेछ : आचार्य

गत निर्वाचनमा रसुवाली जनताले हामीलाई दिएको मत दुईपार्टी बिचको एकताको सन्देश पनि थियो । काँग्रेस र नयाँ शक्तिको एकतालाई जनताले जनमतबाटै अनुमोदन र स्वागत गरेका थिए । रसुवाली जनताले हामी माथि ठूलो भरोसा गरेका छन् । हुनत केन्द्र र प्रदेशमा हाम्रो सरकार छैन, तर रसुवाको समग्र बिकास र यहाँका जनताको समस्या समाधानमा त्यसले कुनै प्रभाव पार्देन र जनताको बिश्वासलाई म कुनैपनि हालतमा मर्न दिन्न । अव रसुवाका काँग्रेसको संगठन र जिल्लाको बिकास संगसंगै अघि बढ्नेछ र यसले देशभरका काँग्रेसहरुमा समेत नयाँ उत्साह ल्याउने मेरो बिश्वास छ ।
( नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य मोहन आचार्यद्वारा सोमबार रसुवामा आयोजित कार्यक्रममा ब्यक्त बिचारमा आधारित )

coronavirus

तपाइको प्रतिक्रिया