रसुवाका माननीय आचार्य टीम नै लिएर जनतासंग, सोध्दैछन : अब के गर्ने ?

जनप्रतिनिधिहरु सुबिधाभोगी बन्दै गईरहेको र जनताप्रतिको दायित्व भुल्दै गईरहेको आरोप लागिरहेका बेला रसुवाका साँसद मोहन आचार्य र उनीसंग रहेको जनप्रतिनिधिहरुको टीम जनतासंग अवका दिनमा गर्नुपर्ने कामको फेहस्स्ति माग्ने र सोही अनुसार क्रियाशिल हुने नयाँ अभियानमा जुटेको छ ।

coronavirus

एसपी देवकोटा
लहरेपौवा, रसुवा । आफ्ना जनप्रतिनिधिहरुले निर्वाचनमा आफूसंग गरेका बाचाहरु समयमा नै पुरा गरिदिउन भन्ने आम नागरिकको चाहना हुन्छ नै । तर जनप्रतिनिधिहरुले आफ्ना चाहना पुरा गर्ने भन्दा नागरिकसंगको संबन्धको पाटो नै कमजोर बनाउँदै गएका कारण नागरिकहरुमा व्यवस्थाप्रतिनै बितृष्णा जाग्दै गएको भनेर टिप्पणी हुने गरेका छन् । हुन पनि संघमा जितेकाहरु कठमाडौंमै, प्रदेशमा जितेकाहरु प्रदेश राजधानीमा नै अनि स्थानीय तहमा जितेकाहरुपनि पालिका केन्द्रमै बढी रमाउने र सुबिधा भोगी प्रबृत्तीमा लिप्त हुने गरेका कैयन उदाहरणहरु समेत सार्वजनिक हुँदै आएका छन् । यसका कारण संबिधानले परिकल्पना गरेको स्थानीय बिकासमा स्थानीयले स्वामित्व ग्रहण गर्न सक्ने अवस्था बनाउने लक्ष्य प्राप्ति त कता हो कता बिकास निर्माण कार्यको समेत प्रभावकारी कार्यान्वयन हुन सकिरहेको पाईदैन । तर यस्तै अवस्थाका बिचमा पनि रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले भने नागरिकलाई बिकास र समृद्धिसंग जोड्ने एउटा पृथक अनि सकारात्मक अभियानको सुरुवात गरेका छन् ।

शनिवार उत्तरगया गाउँपालिका वडा नम्वर ५ को लहरेपौवामा आयोजित कार्यक्रममा साँसद आचार्यले आफू र आफूसंग रहेको टीमले अहिलेसम्म जनताका लागि गरेको कामको फेहरिस्त प्रस्तुत गर्दे समग्र रसुवाको समृद्धिका लागि आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा नागरिकहरुको सुझाव समेत मागे । गाँस, बास,कपास,स्वास्थ्य र शिक्षा रसुवाली जनताको आवश्यकता, बिकसित ।समृछ र सुन्दर रसुवा निर्माण हाम्रो प्राथमिकता नारा दिईएको अनि अन्तरकृयाको नाम नै अव के गर्ने ? भन्ने रहेको उक्त कार्यक्रममा साँसद आचार्यले सबैको सुझावहरुको बिश्लेषण गरी समग्र रसुवाको बिकासमा सबै नागरिक जोडिने वातावरण निर्माण गर्न आफू र आफूसंग रहेको जनप्रतिनिधिहरुको समूह निरन्तर क्रियाशिल रहने प्रतिबद्धता जनाए । त्यसक्रममा साँसद आचार्यले रसुवा जिल्लामा देखिएको जलबिद्युत बिकास र धार्मिक पर्यटन प्रबद्र्धनको संभावनालाई सार्थकतामा पु¥याउँदै अधिकतम रोजगारी सिर्जना गरिने बताउँदै उत्तरगयाधामलाई गोसाईकुण्डसम्म सडकमार्गले जोडी रसुवालाई पर्यटकहरुको आकर्षक गन्तब्य बनाउन आफू क्रियाशिल रहेको समेत स्पष्ट पारे ।


त्यसक्रममा ३ नम्वर प्रदेशसभा सदस्य प्रेम तामाङले जनप्रतिनिधिहरु जनताको सच्चा सेवक बन्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दे जनतासंग सुझाव संकलन गर्न थालिएको बताउँदै रसुवाका समृद्धिका आधारहरु पहिल्याई तिनिहरुको सार्थक कार्यान्वयनमा जनताको पनि निरन्तरको साथ आवश्यक रहेको बताए । आफूहरु निरन्तर रसुवाली जनताको बिकास र समृद्धिको पक्षमा रहेको र जनप्रतिनिधिको रुपमा कसैलाई बिभेद नगरि अघि बढिरहेको भएपनि बर्तमान सरकारका संयन्त्रहरु आफू ईतरका निर्वाचित भएका स्थानमा काम गर्ने वातावरण नै बन्न नदिएर बिभेदकारी नीतिक साथ अघि बढनु दूर्भाग्यपूर्ण रहेको समेत बताए । रसुवामा समृद्धिका् खानी नै छ, तर रसुवाको समृद्धिको आधार बन्द गरेर सुन बेच्न पल्किएकाहरु बिकासको बाधक बनिरहेका छन्, साँसद तामाङको आरोप थियो ।
कार्यक्रममा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्साल र आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले आम नागरिकलाई बिकास र सुशासनको प्रत्याभूती हुनेगरी आफूहरुले काम गरिरहेको स्पष्ट पार्दे देखिएका कमी कमजोरीहरु औल्याउँदै स्थानीय तहको प्रभावकारीता अभिबृद्धीमा साथ दिन कार्यक्रमका सहभागीहरुलाई आग्रह गरेका थिए ।
त्यसक्रममा नेपाली काँग्रेस रसुवाका सभापति तेम्वाछिरिङ तामाङ, उपसभापति फुर्पु वाङ्दी, काँग्रेस नेता राजु तितुङ, नेपाल चीन ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ, पूर्व जनप्रतिनिधि लामा रेञ्जन लगायतले रसुवाको समग्र बिकासका लागी एकीकृत र दीर्घकालीन रणनीति आवश्यक रहेकोमा जोड दिँदै जनप्रतिनिधि आफ्नो समस्या समाधानमा निरन्तर क्रियाशिल छन् भन्ने भावना जगाउन सक्नु अहिलेको प्रमुख आवश्कता बनेको धारणा ब्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया