सरकारका कारण लोकतन्त्र खतरामा : डा.कोईराला

बिदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोईरालाले सत्ता संचालकहरुले राजतन्त्रबादी र बिप्लव माओवादीका कारण लोकतन्त्र खतरामा परेको जिकिर गरेपनि सरकारकै कारण लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् । दुईतिहाईको दम्भ देखाउँदै महाभियोगको तरबार देखाएर न्यायालयलाई समेत प्रभावमा पार्दे आफ्नो अधिनायकबादको सपना पुरा गर्न सत्ता संचालकहरु क्रियाशिल रहेको कोईरालाको भनाई थियो ।

coronavirus


मंगलबार नुवाकोट सदरमुकाम बिदुरमा नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको जागरण अभियान समापन कार्यक्रममा काँग्रेस नेता कोईरालाले बर्तमान सरकार मानवअधिकार,प्रेस स्वतन्त्रता र सम्पत्तीको अधिकार जस्ता लोकतन्त्रका आधारस्तम्भहरु भत्काउँदै अधिनायकबादको यात्रामा प्रस्थान गरिसकेको जिकिर गरे । त्यसक्रममा काँग्रेस नेता कोईरालाले उदार लोकतन्त्रको पक्षपाती मानिएको काँगेसमा बिचारलाई बन्देज लगाउन खोजिएको उल्लेख गर्दे त्यसो गरिए पार्टीको अस्तित्व नै समाप्त हुने चिन्ता समेत ब्यक्त गरे । पार्टीमा गुट र उपगुटका कारण तिक्तता बढेको स्वीकार्दे त्यसक्रममा डाक्टर कोईरालाले गुट उपगुटको ब्यवस्थापन नभए त्यस्ता गुट उपगुट गिरोहमा परिणत हुने तर्फ नेतृत्व सजग हुनुपर्नेमा आफू स्पष्ट रहेको उल्लेख गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले बर्तमान सरकार दुईतिहाईको दम्भमा नागरिकलाई बन्धक बनाउने शैलीमा बिधेयकहरु पास गराउने षडयन्त्रमा लागेको उल्लेख गर्दे सरकारको गलत रबैयाको बिरोधमा एकजुट हुनुपर्ने पार्टीपंक्ति नेतृत्वकै खिलाफमा देखिने प्रबृत्ती दूर्भाग्यपूर्ण रहेको बताए । पार्टीभित्रका असमझदारीहरुको पार्टी भित्रै समाधान खोजिनुको साटो नेतृत्वको बिरोध गर्दा चर्चित भईन्छ भन्ने मनोदषाले पार्टी संगठन प्रभावकारी बन्न नसकेको समेत नेता लामाको भनाई थियो ।

कार्यक्रममा काँग्रेस नेता डाक्टर शोभाकर पराजुली, जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु शिवराज अधिकारी, डाक्टर राजाराम कार्की, जीवन डंगोल, बिनिता अधिकारी, तरुण दलका महासचिव भूपेन्द्रजंग शाही र संबिधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले देश र जनताप्रतिको उत्तरदायित्व बहन सक्षम सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै पछिल्लो समय कार्यकर्ता भन्दा नेतृत्वमा समयसापेक्ष सुधार आवश्यक रहेको धारणा ब्यक्त गरेका थिए ।


यसैगरी कार्यक्रममा नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसी, उपसभापति लक्ष्मण थापा, सचिव शिवप्रसाद दहाल र सुरेन्द्रराज अधिकारी, कोषाध्यक्ष महेन्द्र थिङ,जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, काँग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटा, नुवाकोटका प्रबक्ता राजु थापा, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ, २ नम्वर क्षेत्रीय सभापति जगतबहादुर तामाङ, महाधिबेशन प्रतिनिधि सीता मिजार, महिला बिभागकी संयोजक हिरा पाण्डे, जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापा, तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डे, काँग्रेस नेता बिनोद पाठक, नेबिसंघका नेता कृष्ण मिश्र लगायतले नुवाकोटमा पार्टी संगठन मजबुत हुँदाहुँदै पनि नेतृत्व बिचको अनेकताका कारण पराजय ब्यहोर्नुपरेको उल्लेख गर्दे नेतृत्व एकताबद्ध नभएसम्म पार्टी गतिशील हुन नसक्ने धारणा ब्यक्त गरे ।

तपाइको प्रतिक्रिया