ट्रेड युनियनले सिलाई र सौन्दर्य प्रशाधन तालिम संचालन गर्ने

Trishuli Web

बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जिल्ला भित्र सिलाई बुनाई र सौन्दर्य प्रशाधन पेशामा आवद्ध रहेकाहरुको क्षमता अभिबृद्धीका लागि बिशेष तालिम संचालन गर्ने भएको छ । जिल्ला अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा शनिवार बसेको कार्य सम्पादन समितिको बैठकले आगामी मंसिर १९ गतेबाट १५ दिने ब्युटिसियन एडभान्स कोर्स र पुस २ गतेबाट सिलाई बुनाई एडभान्स कोर्स संचालन गर्ने निर्णय गरेको जिल्ला सचिव मछिन्द्र खड्काले जानकारी दिएका छन् ।
यसैगरी बैठकले आगामी मंसिर २३ गते जिल्ला सभा गर्ने कार्तिक २९ गते नुवाकोटका यातायात मजदुरहरुको बृहत भेला आयोजना गर्ने निर्णय समेत गरेको सचिव खड्काले बताए ।

यसमा तपाइको मत