ब्यवसायीको समस्यामा राज्य चिन्तित बन्नुपर्छ: चेम्बर अध्यक्ष श्रेष्ठ

बिदुर । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पछिल्लो समय कोरोना भाईरसको सन्त्रासले आर्थिक क्षेत्र प्रभावित बन्न पुगेको बताउँदै ब्यवसायीको समस्यामा राज्य चिन्तित बन्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।

coronavirus

बुधबार नुवाकोट चेम्बरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले ब्यवसायीहरु राज्यले आफ्नो सबै समस्या समाधान गरिदेओस भन्ने पक्षमा नरहेको उल्लेख गर्दे कम्तीमा मुल्य अभिबृद्धि कर बुझाउने समयसीमा र बैंकको किस्ता तिर्ने समयसीमामा ६ महिना थप गरिदिन मात्र आग्रह गरिएको बताए । त्यसक्रममा अध्यक्ष श्रेष्ठले कोरोना भाईरसको प्रकोपसंगै आर्थिक कृयाकलापमा कमी हुँदै गएकाले राज्यकोष परिचालन गरेर भएपनि आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

अन्तरक्रियामा नेपाल चीन चेम्वर अफ कमर्शका अध्यक्ष त्रिभूवनरत्न तुलाधर,नुवाकोट चेम्वरका अध्यक्ष कबिन्द्रमान प्रधान, बरिष्ठ उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, सल्लाहकार संजिब श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पंडित लगायतले आर्थिक क्षेत्रको पछिल्लो अवस्थाका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया