बैंक ऋण र ब्याजको समय पुर्नतालिकीकरण गर्न वाणिज्य संघको माग

विदुर । नुवाकोट उद्योग बाणिज्य संघले कोरोना भाईरसको संक्रमण रोकथामका लागि राज्यले चालेका सबै प्रयासहरुमा संघको निरन्तर साथ रहने प्रतिबद्धता जनाउँदै पछिल्लो समय मुलुकको व्यापार व्यवसाय सबैभन्दा बढी समस्यामा परेकाले उद्योग व्यवसायीलाई थप क्षति हुनबाट जोगाउन बैंक तथा बित्तिय संस्थाबाट लिएको ऋण र ब्याजको समय कम्तिमा ६ महिना पुर्नतालिकीकरण गर्न सरकारसँग माग गरेको छ ।

coronavirus

संघका अध्यक्ष ताराबहादुर कार्कीले मंगलबार एक प्रेस बिज्ञप्ती जारी गरेर कोरोना भाईरसको संक्रमणबाट सबै नागरिक जोगिनु आवश्यक रहेकाले सोमबारबाट चैत्र २१ गतेसम्म अत्याबश्यक बाहेकका अन्य उद्योगधन्दा ,कलकारखाना, व्यापार व्यवसाय बन्द गरी सजग र सुरक्षित रहन व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

यसैगरी विज्ञप्तीमा अत्यावश्यक वस्तु तथा सेवा प्रदायक व्यवसायीहरुलाई अत्यावश्यक सामग्रीहरुको भण्डारण नराखी माग र आपूर्तिको सन्तुलन कायम गर्न र व्यवसायिक आचारसंहिता पालना गर्न समेत आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया