कोरोना प्रभावितलाई उपलब्ध गराईने राहतमा बिभेद हुन दिईदैन: प्रदेश साँसद खतिवडा (भिडियोसहित)

विदुर । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नुवाकोट जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले कोरोना संक्रमणको जोखिम संगसंगै राष्ट्रिय जीवनका सबै पक्ष प्रभावित बनिरहेकाले सबैको ऐक्यबद्ध प्रयासमा संक्रमण नियन्त्रण गरी मुलुकलाई पूर्बबत् अवस्थामा पु¥याउनुपर्ने धारणा ब्यक्त गरेका छन् । पछिल्लो समय संक्रमण रोकथामको प्रयास स्वरुप मुलुक लकडाउनको अवस्थामा रहँदा सबै भन्दा बढी बिपन्न र दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेहरु समस्यामा परेको भन्दै साँसद खतिवडाले राज्यले बितरण गर्ने राहतमा कुनै पनि प्रकारको बिभेद हुन नदिईने प्रतिबद्धता जनाएका छन् ।

coronavirus

बुधबार बिहान बिदुर नगरपालिका वडा नम्वर ९ आँगापुटारस्थित आफ्नै निवासमा उत्तरगया अनलाईनसंग कुरा गर्दे प्रदेश साँसद खतिवडाले राज्यले सबै नागरिकलाई समान ब्यवहार गर्नुपर्ने भएपनि लकडाउनका कारण, बिपन्न र दैनिक ज्याला गरेर आफू र परिवारको भरणपोषण गर्ने मजदुरहरु बढी समस्यामा परेकाले उनीहरुलाई बिशेष प्राथमिकता दिईनुपर्ने बताए । कोरोना संक्रमणका कारण मुलुकको सबै क्षेत्र प्रभावित बनेको र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा असर पर्न थालेकाले जतिसक्दो चाँडो संक्रमणको जोखिमबाट मुक्ति पाउन सबैले सरकारलाई पूर्ण साथ दिएर अघि बढ्नुको बिकल्प नरहेको समेत बताए ।

त्यसक्रममा साँसद खतिवडाले प्रदेश साँसद र सत्तारुढ दलको जिल्ला अध्यक्षको हैसियतमा आफूले प्रदेशसभाको निर्देशन अनुसार जिल्लामा कोरोना रोकथामका लागि भएका प्रयासहरु र चालिनुपर्ने कदमहरुका बारेमा स्थानीय तहहरु र स्थानीय प्रशासनसंग समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए । आम नागरिकमा लकडाउनको पूर्ण कार्यान्वयनमा साथ दिए आफू, आफ्नो परिवार ,समाज र सिँगो राष्ट्रलाई संक्रमणको जोखिमबाट बचाउन सकिन्छ भन्ने भावना जागृत हुनुपर्ने बताउँदै त्यसक्रममा साँसद खतिवडाले सबै नुवाकोटबासीलाई कोरोना नियन्त्रण संबन्धि राज्यका नीतिहरु आफ्नै लागि हो भन्ने सोचेर ब्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन आग्रह समेत गरे ।

तपाइको प्रतिक्रिया