विकासका गतिविधि राेकेर भएपनी जनता बचाउनु पर्छ: साँसद खतिवडा

विदुर । प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले काेराेना संक्रमणको जाेखिम र राेकथामका प्रयासहरु सँगसँगै आर्थिक क्रियाकलापहरु ठप्प हुँदा सबै क्षेत्र समस्यामा परेको बताउंदै सरकारले विकासका गतिविधिहरु राेकेर भएपनि जनता बचाउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपालमा काेराेना संक्रमण फैलिए रोक्न नसकिने तथ्य आत्मसात गर्दै सबै पक्षले एक्यबद्ध रुपमा सरकारी प्रयासमा साथ दिनुपर्ने साँसद खतिवडाकाे भनाई छ ।

बिहिबार नुवाकोट सदरमुकाम बिदुरमा उत्तरगया अनलाईनसँग कुरा गर्दै साँसद खतिवडाले सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अति आबश्यकता र समय अभावका कारण केही महंगो परेकाे भएपनि बदमासि भएजस्तो आफुलाई नलागेकाे बताउँदै साँसद खतिवडाले बदमासि भएकाे भए छानबिन गरेर दाेषीलाई कडा कारबाही गरिनुपर्ने उल्लेख गरे ।

नुवाकोट जिल्लामा कोरोना रोकथामका लागि भए गरेका प्रयासहरु सन्तोषजनक रहेको र स्वास्थ्य संस्थाहरुको सवलिकरण र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन आफु प्रयत्नरत रहेको बताउदै त्यसक्रममा साँसद खतिवडाले नुवाकोटमा संक्रमण देखिए काठमाडौंमा उपचार सहज नहुने देखेर त्रिशूली अस्पताललाई सुविधा सम्पन्न बनाउन संघिय र प्रदेश सरकारसंग समन्वय भईरहेकाे समेथ स्पष्ट पारे ।

अर्को एक प्रसङ्गमा साँसद खतिवडाले लकडाउनका कारण बिपन्न र ज्याला गरेर खाने मजदुरहरु बढि प्रभावित भएकाले उनीहरुका लागि सरकारले उपलब्ध गराउने राहतकाे न्यायोचित बितरण हुनु पर्नेमा जाेड दिए ।

काेराेना संक्रमण राेकथामका लागि लकडाउनकाे प्रभाबकारी कार्यन्वयन जरुरी रहेकाले घरमै रहन र विदेशबाट आउनेले १४ दिन हाेम क्वारेन्टाइनमा रहेर संक्रमण नियन्त्रणमा सहयोग पुर्याउन समेत साँसद खतिवडाले आग्रह गरे ।

यसमा तपाइको मत