राहत विपन्न नागरिकका लागि हो, बदमासी गर्नेहरु जनताबाट तिरस्कृत हुन्छन्: तमाङ (भिडियोसहित)

विदुर । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तमाङले सरकारले लकडाउनका कारण समस्यामा परेका विपन्न नागरिक र ज्याला मजदुरी गरेर खानेहरुका लागि उपलब्ध गराएको राहत बितरण बास्तविकतामा आधारित हुनुपर्ने बताउँदै राहत बितरणमा बिभृद र राजनीतिकरण गर्नेकाम स्वयंका लागि प्रत्युत्पादक हुनेतर्फ जनप्रतिनिधिहरुले गम्भीर भएर सोच्नुपर्ने धारणा ब्यक्त गरेका छन् । जिल्लाका स्थानीय तहहरुलाई सरकारी कार्यबिधिभित्र रहेर राहत बितरण प्रभावकारी र पारदर्शी बनाउन सचेत बनाईएको र जनप्रतिनिधिहरुलाई राहत बितरणको काम अवसर र चुनौती समेत भएकाले जिम्मेवार बन्न सुझाईएको समेत प्रमुख तमाङको भनाई छ ।

शनिवार बिहान उत्तरगया दैनिकको अनलाईन संस्करणका लागि सम्पादक शिव देबकोटासंग कुरा गर्दे जिल्ला समन्वय समिति प्रमुख तमाङले सिंगो राज्यनै कोरोना संक्रमणको जोखिमका कारण आर्थिक समस्यामा पर्दे गएको अवस्थामा बिपन्न नागरिकहरुको भावनासंग खेलेर महामारीको समयको राहतमा समेत बदमासी गर्ने काम भए त्यस्तो काम गर्नेहरु जनताबाट तिरस्कृत हुने समेत बताएका छन् ।जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले राहत वितरणमा स्थानीयतहहरुसंग समन्वय र सहजीरकण गरिरहेको र बास्तविकले नपाउने र अवास्तबिकले पाईरहेको अवस्था भए तत्काल सूचना उपलब्ध गराउन समेत प्रमुख तमाङले नागरिकहरुलाई आग्रह गरेका छन् ।

santaman tamang

सिंगो मुलुक कोरोना संक्रमण रोकथामका लागि लकडाउनको अवस्थामा रहेका बेला सरकारको लकडाउन संबन्धि निर्णयहरुलाई अक्षरशः पालना गर्नु सबै नागरिकको कर्तब्य भएको बताउँदै प्रमुख तमाङले नुवाकोट जिल्लालाई जोखिममुक्त बनाउन आवश्यक सबै उपायहरु अवलम्वन गरिएको समेत स्पष्ट पारे । नुवाकोट जिल्लामा कोही संक्रमित देखिईहाले तत्काल प्रभावकारी ब्यवस्थानका लागि जिल्ला समन्वय समिति, स्थानीय तहहरु र स्थानीय प्रशासनको समन्वयमा त्रिशूली अस्पतालमा आईशोलेसनसहित प्रभावकारी उपचारको सुनिश्चितता गरिएको बताउँदै प्रमुख तमाङले सबै पालिकाहरुमा क्वारेन्टाईन तयार गरी बिदेशबाट आउनेहरुलाई निरन्तर निगरानीमा राखेर उच्च सतर्कता अपनाईँदै आएको समेत उल्लेख गरे ।

कोरोना संक्रमण रोकथामका लागि राज्यले चालेका कदमहरु सार्थक बन्दै गएकाले लकडाउनको पूर्ण पालना गरी संक्रमण न्यूनिकरणका लागि सहयोग पु¥याउन नुवाकोटबासीलाई आग्रह गर्दे त्यसक्रममा प्रमुख तमाङले सबैको संयुक्त प्रयासबाट मात्र कोरोना संक्रमणको जोखिम पार लगाउन सकिने भएकाले संक्रमण रोकथामका लागि चालिएका कदमहरुलाई साझा राष्ट्रिय अभियानका रुपमा लिईनु पर्ने धारणा समेत ब्यक्त गरे ।

यसमा तपाइको मत