साँसद कोषको रकम खर्च हुन सक्दैन, कोरोना संक्रमण रोकथाममा लगाउनुपर्छ: काँग्रेस नेता केसी

विदुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मुलुक कोरोना संक्रमण रोकथामको गम्भीर र समस्यायुक्त क्षणमा रहेका कारण कुनै पनि विकास निर्माणका कामहरु सम्भव नभएकाले संघीय र प्रदेशका साँसद कोषका रकमहरु रकमान्तर गरेर कोरोना संक्रमण नियन्त्रण र रोकथामको क्षेत्रमा खर्च गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

coronavirus

मुलुकको प्रथम र एकमात्र कार्यभार कोरोनाको संक्रमणबाट नागरिकलाई बचाउनु मात्र भएकाले पैसा नपुगे बिकास निर्माणका खर्च हुन बाँकी सबै रकम कोरोना संक्रमण रोकथाममा लगाउनुपर्ने बताउँदै त्यसक्रममा नेता केसीले बर्तमानमा बजेटको भन्दा सत्ता संचालकहरुमा आत्मबल र दृढ निश्चयको कमी हुनाले कोरोना बिरुद्धको अभियान प्रभावकारी बन्न नसकेको समेत उल्लेख गरे ।

arjun narsingh kc nepali congress nuwakot

तपाइको प्रतिक्रिया