बाणिज्य संघ र पिपलटारको दाना उद्योगद्वारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

विदुर । नुवाकोट उद्योग बाणिज्य संघ र बिदुर नगरपालिका वडा नम्वर ५ को तल्लो पिपलटारमा रहेको नेपाल पेलेट फिड ईन्डष्ट्रिज प्रा.लि.ले स्वास्थ्य कार्यालय नुवाकोटलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराएको छ । शुक्रवार संघका अध्यक्ष ताराबहादुर कार्कीले संघको तर्फबाट पाँचसय थान सर्जिकल मास्क तथा दाना उद्योगका अध्यक्ष केशवराज थापाले १० थान ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई), ५० थान सर्जिकल मास्क र आठ लिटर स्यानीटाईजर स्वास्थ्य कार्यालयका नुवाकोटका प्रमुख सागर घिमिरेलाई हस्तान्तरण गरे ।
त्यसक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख घिमिरेले प्राप्त सहयोगको सही सदुपयोग हुने र आवश्यकता र अनिवार्यताका आधारमा प्रयोग गरिने बिश्वास दिलाउँदै कोरोना संक्रमण रोकथामको प्रयासमा नीजि क्षेत्रको सहयोग प्रशंसनीय रहेको बताए । त्यसक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष कार्की र दाना उद्योगका अध्यक्ष थापाले कोरोना बिरुद्धको अभियान साझा अभियान भएकाले सरकारी प्रयासहरुमा निरन्तर सहयोगीको भूमिकामा रहने प्रतिबद्धता जनाएका थिए ।

coronavirus

तपाइको प्रतिक्रिया