नुवाकोटमा कोरोनाको तिब्र परीक्षण सुरु , त्रिशूलीको क्वारेण्टाईनमा रहेका सबैको रिपोर्ट नेगेटिभ

बिदुर । बागमति प्रदेश सरकारले र्यापिड डिटरमाईन टेष्ट किट उपलब्ध गराएपछि शनिवारबाट नुवाकोटमा पनि कोरोनाको तिब्र परीक्षण सुरुसुरु भएको छ । जिल्लास्तरीय बिपद ब्यवस्थापन केन्द्रको शनिवारको निर्णय संगै बिदुर नगरपालिका वडा नम्वर १ को त्रिशूलीमा रहेको शैक्षिक तालिम केन्द्र र त्रिशूली सामुदायिक अस्पतालको क्वारेन्टाईनमा रहेका १४ जनामा कोरोनाको तिब्र परीक्षण  गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । यसअघि प्रदेश सरकारले नुवाकोटका लागि तीनसय वटा परीक्षण किट उपलब्ध गराएको थियो । अव बिपद ब्यवस्थापन केन्द्रको निर्णय अनुसार आईतबार बेलकोटगढी नगरपालिका बढीमा ६० जना र तारकेश्वर गाउँपालिकामा बढीमा ८० जनाको तिब्र परीक्षण सुरुगरिने स्वास्थ्य कार्यालय नुवाकोटका कोरोना संक्रमण रोकथाम संबन्धि फोकल पर्सन जनार्दन सिलवालले जानकारी दिएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण संबन्धि जिल्ला स्तरीय बिपद ब्यवस्थापन केन्द्रको शनिवारको निर्णय अनुसार कीटको सीमिततालाई हेरेर ¥पापिड परीक्षणको प्राथमिकताक्रम समेत तोकिएको छ । त्यसनुसार क्वारेन्टाईनमा रहेकाहरुलाई क्वारेन्टाईन छाडनु पहिले परीक्षण गरिनेछ भने भारतबाहेक अन्य संक्रमित मुलुकबाट चैत्र ४ गतेदेखि १५ गतेसम्म आएका सबैको परीक्षण गरिनेछ । यसैगरी भारतबाट चैत्र ४ गतेदेखि आएका ३० बर्ष भन्दा माथिका सबैको र एकै परिवारको धेरै ब्यक्ति भारतबाट आएको भए परिवारको एकजनाको  तिब्र परीक्षण  गरिनेछ ।

coronavirus

 

तपाइको प्रतिक्रिया