साँसद लामाको सहयोगमा ट्रेड युनियनद्वारा पत्रकारहरुलाई प्रेस ज्याकेट

बिदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जिल्लाका क्रियाशिल संचारकर्मीहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । मंगलबार नेपाल पत्रकार महासंघ नुवाकोटको सभाहलमा एक संक्षिप्त कार्यक्रमका बिच नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देबकोटाले पत्रकार महासंघका अध्यक्ष कपिलदेब खनाल र प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुबेदीलाई २०–२० थान प्रेस ज्याकेट हस्तान्तरण गरे ।

coronavirus

त्यसक्रममा महासंघ अध्यक्ष खनालले ट्रेड युनियनको पहलमा साँसद लामाबाट प्राप्त सहयोग जिल्लाका संचारकर्मीहरुका लागि महत्वपूर्ण सावित हुने बताउँदै संबेदनशील समयलाई बुझेर जिम्मेवार पत्रकारीता गर्न आग्रह गरेका थिए । कार्यक्रममा ट्रेड युनियन अध्यक्ष देबकोटाले श्रमजीविहरुको समस्या समाधानमा युनियन निरन्तर क्रियाशिल रहेको बताउँदै आफू सुरक्षित रहेर नागरिक र राष्ट्रलाई सुरक्षित बनाउने बिषयमा सबै गम्भीर बन्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया