ट्रेड युनियनद्वारा सूर्यगढीका स्वास्थ्यकर्मीलाई ‘पिपिइ’

बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टको सहयोगमा सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) उपलब्ध गराएको छ । मंगलबार बिहान युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर तमाङ र प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डेको रोहवरमा स्वास्थ्य संयोजक नरेन्द्र डंगोललाई ५ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा गाउँपालिका अध्यक्ष तमाङले कोरोना संक्रमण रोकथामका लागि सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताउँदै ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा ब्यक्त गरे ।

coronavirus

तपाइको प्रतिक्रिया