त्रिशूली अस्पतालमा तत्काल पिसिआर परीक्षणको व्यवस्था गर्न नुवाकोट काँग्रेसको माग

विदुर । नेपाली काँग्रेस नुवाकोटले पार्टीको देशब्यापी कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारी नेतृत्वको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पिसिआर सेवा बढाउनुपर्ने माग गरिएको छ । साथै त्रिशूली अस्पतालमा नै कोरोना परीक्षणको व्यवस्था गरिनुपर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण पर्याप्त रुपमा उपलब्ध गराईनुपर्ने तथा मलखाद, वीउबिजन र कृषि औजार निर्वाधरुपमा उपलब्ध हुने ब्यवस्था मिलाईनुपर्ने लगायतका मागहरु ध्यानाकर्षणपत्रमा समाबिष्ट गरिएको छ ।

यसअघि नुवाकोट काँग्रेसका नेता कार्यकर्ताहरु बिदुरस्थित लोकतान्त्रिक चौतारोमा जम्मा भएर सामाजिक दुरी कायम गर्दे जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेका थिए ।

यसमा तपाइको मत