कोरोना पीडितको राहत र उपचारमा मेरो माइक्रोफाइनान्सको सहयोग

बिदुर । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले २५ लाख ६ हजार सातसय रुपैयाँ जम्मा गरेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई बिहिबार हस्तान्तरण गरिएको माईक्रोफाईनान्सले जनाएको छ ।

उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिकसमेत समावेश गरिएको र कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पु¥याउन विभिन्न स्थानीय तहमार्फत १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिएका छन् ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

यसमा तपाइको मत