उत्तरगया दैनिकले स्थापना गरेको क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार भट्टलाई

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकले जिल्लाको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकारहरु मध्ये एकजनालाई बर्षेनी क्रियाशिल पत्रकारीता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

दैनिकका सम्पादक बिष्णु चालिसेका अनुसार यस बर्ष उक्त पुरस्कारबाट नुवाकोटको पत्रकारीता क्षेत्रमा लामो समयदेखि क्रियाशिल देवचन्द्र भट्टलाई प्रदान गरिने भएको छ ।

२५ हजार रुपैया पुरस्कार राशीको उक्त पुरस्कार आगामी साउन ६ गते पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गरिने समेत सम्पादक चालिसेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत