समुदायसँगको सहकार्यमा अपराधमुक्त जिल्ला बनाउने प्रहरीको कार्ययोजना सार्वजनिक

बिदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले समुदायसँगको निरन्तरको सहकार्यलाई थप मजबुत बनाउँदै प्रहरी नागरिक सहकार्यको आधारमा जिल्लालाई अपराधमुक्त बनाउने र शान्तिसुरक्षाको अवस्था सुदृढ बनाई आम नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउने रणनीति तयार गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक आगामी बर्षको कार्ययोजनामा अपराध र कानुन बिपरितका कृयाकलाप नियन्त्रणको काममा सुन्य सहनशीलताको रणनीति अपनाउने र आन्तरिक सुद्धिकरणको पाटोलाई समेत मजबुत बनाउँदै नागरिकको प्रहरीप्रतिको बिश्वासलाई अझै पुर्नताजगी गर्ने उल्लेख छ ।

त्यसक्रममा अघिल्ला दुई आर्थिक बर्षको समिक्षासहितको कार्ययोजना प्रस्तुत गर्दे नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले समुदाय प्रहरी सहकार्य कार्यक्रमको प्रभावकारीताले नुवाकोटमा प्रहरी जनताको साथी भन्ने अवधारणा समेत सार्थक भएको बताउँदै कानुन कार्यान्वयनको सवालमा कसैसंग कुनै सम्झौता नगर्ने रणनीति अख्तियार गरिएकाले अपेक्षित सफलता प्राप्त भएको समेत बताए ।

प्रहरीले सार्वजनिक गरेको तुलनानत्मक बिवरणमा नुवाकोटमा अघिल्ला बर्षहरुको तुलनामा अपराधका घटनाहरुमा समेत उल्लेख्य कमी हुँदै आएको देखिएको छ भने जिल्लामा घटेका आत्महत्याका घटनाहरुका बिश्लेषणका साथ कारकहरुको पहिचान गरी जनचेतना जागृत गर्ने कार्यक्रम संचालन गरिने आगामी कार्ययोजनामा उल्लेख छ ।

कोरोना संक्रमणका कारण अघिल्लो बर्ष सार्वजनिक कार्ययोजना कार्यान्यनमा समयावधि केही अपुग भएपनि समुदाय प्रहरी सहकार्य झल्काउने करिब आठसय कार्यक्रमले नुवाकोट प्रहरीको सक्रियता स्पष्ट बनाएको छ भने आगामी बर्षका लागि तय गरिएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन भएमा त्यसबाट जिल्लामा सबै प्रकारका अपराधहरु, अवैध चोरी निकासीका घटनाहरु र अमानविय क्रियाकलापहरुमा समेत उल्लेख्य कमी आउने बिश्वास गरिएको छ । प्रहरीले अपराध निर्मूल गर्न अत्याधुनिक प्रबिधिहरुको प्रयोग गर्ने र आन्तरिक सुद्दिकरणको पाटो मजबुत बनाउँदै प्रहरी कर्मचारीहरुलाई कर्तब्य पालनामा जिम्मेवार बनाउन दण्ड र पुरस्कारको उचित प्रबन्ध गर्ने समेत जनाएको छ ।

यसैगरी जिल्ला सुरक्षा समितिको मातहतमा रही जिल्लाका अन्य सुरक्षा निकायहरुसंग समेत सहकार्य गर्दे बिपद जोखिम न्यूनिकरण तथा उद्धारको कार्यलाई उच्च प्राथमिकतामा राखि प्रहरी निरीक्षकको कमाण्डमा बिशेष टोली तयार गरिएको र नागरिकको सूचना प्राप्त भए लगत्तै तत्काल घटनास्थलमा पुग्ने प्रबन्ध मिलाईएको समेत प्रहरी उपरीक्षक काफ्लेको भनाई छ ।

यसमा तपाइको मत