कोरोना रोकथाममा बिदुर नगरपालिकाको खर्च एककरोड ४६ लाख

नुवाकोट । बिदुर नगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको कार्यमा हालसम्म एककरोड ४६ लाख एघारहजार चारसय ४८ रुपैयाँ खर्च गरेको छ । कार्यालयलाई कोरोना संक्रमण रोकथामका लागि बिभिन्न क्षेत्रबाट एककरोड १८ लाख ४८ हजार सातसय ५९ रुपैयाँ सहयोग प्राप्त भएको र प्राप्त सहयोगलाई कोरोना बिपद पूर्ब तयारी, क्वारेन्टाईन संचालन, प्रचारप्रसार र जनचेतनामूलक कार्यहरुमा खर्च गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कार्यालयले वडास्तरीय राहत बितरण कार्यक्रममा २३ लाख ८४ हजार दुईसय ३४ रुपैयाँ,कोरोना बिपद पूर्बतयारीमा नौलाख ५८ हजार पाँचसय ३८ रुपैयाँ, स्वास्थ्य सुरक्षा सामग्रीहरु खरिदमा २५ लाख ८७ हजार दुईसय ९७ रुपैयाँ, रेडियो र टेलिभिजन मार्फत प्रचारप्रसारमा एकलाख आठहजार दुईसय ५० रुपैयाँ र मास्क खरिदमा चारलाख ४५ हजार छसय ३४ रुपैयाँ खर्च गरेको छ । यसैगरी एम्बुलेन्स,शव वाहन र अन्य गाडीहरुको भाडा र मर्मतमा सातलाख ९४ हजार दुईसय ९६ रुपैयाँ, सुत्केरी राहत कार्यक्रममा चारलाख नौहजार ७४ रुपैयाँ, त्रिशूली क्वारेन्टाईनमा १९ लाख ७७ हजार नौसय ७४ रुपैयाँ, चैनपुर क्वारेन्टाईनमा १७ लाख २७ हजार छसय दुई रुपैयाँ, च्वाडी क्वारेन्टाईनमा २० लाख १८ हजार पाँचसय ४९ रुपैयाँ तथा त्रिशूली अस्पतालको आईशोलेसन निर्माणमा १२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यालयले ६२ लाख रुपैयाँ बिनियोजन गरेकोमा संघीय सरकारबाट तीनलाख ५४ हजार आठसय रुपैयाँ, कर्मचारी र शिक्षकको तलव सहयोग १८ लाख २७ हजार तीनसय ३४ रुपैयाँ, च्वाडी क्वारेन्टाईनका लागि बिभिन्न गाउँपालिकाहरुबाट आठलाख २८ हजार, वडा नम्वर १२ को कार्यालयबाट तीनलाख ५४ हजार र प्रदेश सरकारबाट १२ लाख रुपैयाँ प्राप्त भएको थियो । यस्तै, नगरपालिकालाई संगम सहकारीबाट ५५ हजार पाँचसय ५५ रुपैयाँ, गोसाईकुण्ड सहकारीबाट ६५ हजार पाँचसय ६५ रुपैयाँ,चेम्वर अफ कमर्शबाट १० हजार रुपैयाँ, मानुषी लघुबित्तबाट २५ हजार रुपैयाँ, आशा लघुबित्तबाट१० हजार रुपैयाँ, खड्गभञ्ज्याङ महिला सहकारीबाट १० हजार रुपैयाँ, बिमला स्मृति सहकारीबाट २० हजार रुपैयाँ र क्रियटिभ सहकारीबाट ४० हजार रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत