विदुर – नुवाकोटमा थप १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नुवाकोटमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार १२८ पुगेको छ।
सङ्क्रमित हुनेमा लिखु गाउँपालिकाका नागरिक रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा अस्पताल आईसोलेसनमा १ जना र होम आईसोलेसनमा बस्नेको सङ्ख्या ८५ गरी कुल ८६ जना पुगेको छ ।
शुक्रबार सात जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै जिल्लामा निको हुनेको सङ्ख्या एकहजार ४९ पुगेको छ।
हालसम्म आठ हजार ९८७ जनाको पिसिआर परीक्षण गरिएकोमा सात हजार ५८५९ जनाको निगेटिभ आएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
