कोलेनी – सामाजिक संजाल समुह ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार २९ जनाले रक्तदान गरेको छ ।

पछिल्लो समय देशभर रगतको चरम अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको ब्लड अन रिक्वेस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले जानकारी दिए ।

यसअघि संजालले गत साता प्लाज्मा र रक्तदान गरि सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र भक्तपुर पठाएको प्याकुरेलले जानकारी दिए ।

शनिबारको रक्तदान कार्यक्रमबाट संकलित रगत पनि भक्तपुर नै पठाउने ब्लड अन रिक्वेस्ट इन नुवाकोटका सदस्य शुसिल अधिकारीले बताए ।

रक्तदान कार्यक्रममा दाह्री ग्याङ नुवाकोट र विदुर नगरपालिका वडा नं ७ तुप्चेमा रहेको जनजागृती युवा क्लबको सहआयोजनामा नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर