नुवाकोट – टिमुरे यातायात अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि रसियामा अध्यनरत नेपालका उच्च रेटेड युवा खेलाडी विवेक लामाले हात पारेका छन्।
नुवाकोट जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष तथा टिमुरे बस तथा मिनिबस यातायातका अध्यक्ष ओमप्रकाश जोशीको आर्थिक सहयोग रहेको उक्त प्रतियोगितामा लामाले एघारौं चरणको खेलमा काठमाडौंका पुरुषोत्तम सिलवाललाई पराजित गरि साढे ९ अंकसहित सो उपाधि जितेका हुन्।
त्यस्तै फिडे मास्टर क्षितिज भण्डारीले साढे ८ अंक जोडेर दोस्रो स्थानमा रहे। उनले अन्तिम खेलमा भक्तपुरका निकेश कुस्थालाई हराएका थिए। अनरेटेड खेलाडी बिजेन्द्र सिंहले काभ्रेको बिजेश्वर श्रेष्ठलाई पराजित गरि साढे ८ अंक नै हात पारे पनि क्षितिजसंग प्रोग्रेसिभ अंकको आधारमा पछि परि तेस्रो स्थानमा रहे।
निकेन कुस्था, झापाका राजन सुवेदी, मकवानपुरका कृष्ण थापा, धनुषाका सुशील चौधरी, पुरुषोत्तम सिलवाल, काठमाडौका कल्यान पाण्डे र दोलखाका राजिव कार्की चौथोदेखि दशौं स्थानमा रहन सफल भए । अन्तिम चरणको खेलमा पराजित गरी ९ अंक जोडेर दोस्रो स्थानमा रहे। क्षितिज भण्डारी तेस्रो स्थानमा रहे।
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको उपाधि मिसन युथ क्पुलबका पुर्णिामा गुरुङले जिते भने दोस्रो र तेस्रो काठमाडौका रिया श्रेष्ठ र ताप्लेजुङका सुशिला गुरुङ भइन।
बुद्धिचाल डट कमको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा २००० मुनि रेटेडमा रामेछापका लक्ष्मण रेग्मी, १८०० मुनि रेटेडमा मकवानपुरका सबिन घिमिरे, १६०० मुनिमा काभ्रेको रोशन रंजित र भेट्रानमा सप्तरीका सिंगेश्वर दास उत्कृष्ट ठहरिए ।
प्रतियोगिताका बिजेता ३२ जना खेलाडीहरुले नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा ९६ जना खेलाडीको सहभागीता रहेको थियो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
