नुवाकोट – कोभिड-१९ को कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण प्रविष्ट गरि अध्यावधिक विवरण तीन दिनभित्र पठाउन सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

मुलुकभरका सबै जिल्ला समन्वय समितिलाई जिल्लाभित्रका मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण स्थानिय तहका लागी विपद रिपोर्टिङ्ग प्रणाली (सीएमआईएस) मा अध्यावधिक गर्न पटकपटक विवरण पठाउन भनिएतापनि केहि जिससले अझै नपठाएकोले मन्त्रालयले यस्तो निर्णय निर्देशन दिएको वातावरण तथा विपद् व्यवस्थापन शाखा अधिकृत कृष्णप्रसाद हुमागाईंले बताए ।

मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरुको नाम थर, पद र उमेर स्पष्ट खुल्ने गरि विवरण सङ्कलन गरि मन्त्रालयको इमेलमा पठाउन भनिएको छ ।

सम्बन्धित खवर