काठमाडौं – कृषि विकास बैंकको कर्जा हर्जाना व्याजमा भारी छुटको व्यवस्था गरेको छ ।

बैंकले कोरोनाका कारणले उत्पन्न विषम परिस्थीतीलाई मध्य नजर गरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको हो ।

अवसरको सदुपयोग गरी लाभांन्वित हुन आम कर्जाग्राहकहरुलाई अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ ।

सम्बन्धित खवर