काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको ‘लेभल वान कोच रिफ्रेसर कोर्स’ सुरु गरेको छ। क्यानले सोमबार विज्ञप्ति जारी गर्दै कोच रिफ्रेसर काेर्स सुरु गरेको जानकारी दिएको हो।
एसियन क्रिकेट काउन्सिल (एसीसी)सँगको सहकार्यमा सुरु भएको कोर्स लागि ९ जना सहभागी छन्। काेर्स चार दिन सञ्चालन हुने क्यानले जनाएको छ।
काेर्समा राजकुमार प्रधान, शोभा आले, सुनिल शाह र सञ्जय महर्जन सहभागी छन्। यस्तै, दीपेश खत्री, जमिल अन्सारी, वीरेन्द्र शाही, खेमराज भट्ट र जानकी भट्ट पनि सहभागी भएको क्यानले जनाएको छ।
काेर्समा सहभागीलाई क्यानको क्रिकेट म्यानेजर विनोद दासले सहजीकरण गर्नेछन्।
यस्तै, आईसीसीबाट अमिनुल इस्लाम, इकबाल सिकन्दर, नेपालका प्रशिक्षक जगत टमटा र महेशप्रसाद रिजाल स्रोत व्यक्तिको रुपमा रहने छन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
