काठमाडौ – मानुषी लघुवित्त वित्तीय संस्थाले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।
यही साउन २७ गतेबाट संस्थाले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटल रहेको संस्थाको सेयर बिक्री कार्य छिटोमा यही साउन ३१ गते र ढिलोमा भदौ नौ गते बन्द हुने छ ।
लगानीकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिद गर्न सक्ने सिमा तोकिएको संस्थाको अधिकृत पुंजी २० करोड रुपैयाँ रहेको छ ।
जारी पुंजी १० करोड ९३ लाख ७५ हजार तथा हाल चुक्ता पुंजी सात करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने संस्थाले जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
