नुवाकोट – बजेट अनियमितता भएको विरोधमा आज नेपाली कांग्रेसले आयोजना गरेको भण्डाफोरको विरोध कार्यक्रममा नेपाली काँग्रेस नेत्री तथा नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गिता अमात्य घाईते भएकी छिन् ।
संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागी छुट्टाईएको बजेट विनियोजनमा अनिमियतामा विरोधमा नेपाली काँग्रेस नुवाकोट तथा बिदुर १३ नं इकाई समितिले बिदुर नगरपालिका वडां १३ ले विरोध गरिको हो ।
विरोध कार्यक्रममा सहभागी हुन गएकी अमात्यलाई कार्यक्रममा गएका केही अराजकहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा विदुर नगरकार्यपालिकाको कार्यालय तोडफोड गर्नथालेपछि प्रहरीले आफ्नो सुरक्षाको लागि थप बल प्रयोग गर्दा अमात्यको टाउको चोट लागि घाईते भएकी हुन् ।
कार्यपालिकामा भएको तोडफोड निन्दनीय: विदुर नगरपालिका
सदमुकाम विदुरस्थित नुवाकोट सिटी अस्पतालमा उनको उपचार गरिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको नेपाली कांग्रेसले जनाएको छ ।
तोडफोडबाट कार्यालयका झ्यालका सिसा, गमला र डिजिटल बोर्डमा केहि क्षति पुगेको विदुर नगरपालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए । तोडफोडबाट करिब १ लाखको क्षति पुगेको उनले बताए ।
यस्तै, झडपमा परि केहि सुरक्षाकर्मीहरु पनि घाईते भएका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
