काठमाडौं – सानिमा बैंकले आफ्ना सेयरधनीलाई १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो ।

हाल बैंकको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

सम्बन्धित खवर