नुवाकोट – हेलिकप्टरबाट नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी सुत्केरी वर्ष २३ की माया तामाङको उद्धार गरिएको छ ।
मंगलबार दुप्चेश्वर गापा-४ पाखागाउँ बेतिनिबाट सुत्केरी तामाङको उद्धार गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।
तामाङलाई सुत्केरी पश्चात् सालनाल नछुटिइ अत्याधिक रक्तश्राद नरोकिएपछि उनको उद्धार गरिएको हो। हवाई उद्धारपछि हाल तामाङको थापाथलीस्थित प्रसुती गृहमा उपचार भैरहेको बताइएको छ। ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत दुप्चेश्वर गाउँपालिकाबाट सेवा पाउने तामाङ चौथो महिला हुन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
