नुवाकोट – ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाई मेला यो वर्ष स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको आयोजकले जनाएको छ ।
बिहीबार माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठद्वारा जारी गरिएको सूचना अनुसार बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय अनुसार गोरु जुधाई मेला यस वर्षको लागि स्थगन गरिएको जानकारी गराएका छन् ।
स्थगन भएको मेलाबाट सम्पूर्ण कृषक तथा दर्शकहरुसँग अध्यक्ष श्रेष्ठले क्षमा समेत मागेका छन् ।
यस्तै, शिवपुरी गाउँपालिकास्थित शेराबगर हुने गोरु जुधाई मेला पनि स्थगित गरिएको छ ।
कोरोनाका कारण स्थगित भएको शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
