नुवाकोट – नेकपा एमाले विभागीय कामलाई निरन्तरता दिन थप सदस्य विस्तार गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता माघ १९ गते बसेको बैठकले थप सदस्य विस्तार गरेको हो।
स्थानीय तह विभागमा प्रेम गिरी, हरी उप्रेती, कृष्णबहादुर डल्लाकोटी, शिबसुन्दर राजभण्डारी, बासुदेव घिमिरे, विकिरण गौतम, खगेन्द्र कार्की, कृष्णप्रसाद जैशी र पार्वता तिवारीलाई सदस्य थप गरिएको छ ।
पार्टी स्कुल विभागमा घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, टीका ढकाल, रामशरण प्याकुरेल, ईन्दिरा पन्त र वाई.पी आचार्यलाई सदस्य थप गरिएको छ ।
प्रचार तथा प्रकाशन विभागमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, चेतन अधिकारी, रोशन खड्का, महेश दास र टिका विष्ट रहेका छन्।
उद्योग विभागमा प्रमुख र उपप्रमुखका अतिरिक्त सदस्यहरुमा पाल्देन छोपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डिबी बस्नेत, मदनलाल अग्रवाल मित्तल, शोभा गुरुङ, लता प्याकुरेल र बाबुराम रानाभाटलाई सदस्य थप गरिएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
