काठमाडौं – डिशहोमको इन्टेरनेट प्रयोगकर्ताको संख्या एक बर्षमा नै १ लाखभन्दा बढी पुगेको डिश मिडिया नेटवर्कले जनाएको छ ।

एक बर्षअघि डिशहोमले इन्टरनेट सेवा सञ्चालन गरेको थियो । पछिल्लो समय कम्पनीले नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको छ । डिश मिडिया नेटवर्कका अनुसार सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको थियो ।

कम्पनीले देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित देशका मुख्य सहरहरूमा फाइबर नेट विस्तार गरिरहेको छ ।

डिशहोमले नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सेवा सुरु गर्ने तयारी पनि गरिहरेको छ ।

सम्बन्धित खवर