नुवाकोट – साहित्यकार रुपा थापाको ‘सिङ्गो जूनको प्रतिक्षा’को आज लोकार्पण गरिएको छ । आज बिहिबार प्राध्यापक डा. मोहन तिमिल्सिनाले उक्त कृतिको आज यहाँ आयोजित समारोहमा लोकार्पण गरेका हुन् ।
नुवाकोट साहित्य संगमले प्रकाशनमा ल्याएको उक्त कृतिमा मानवीय चेत, नारी अस्तित्व, प्रकृतिप्रेम, राष्ट्रप्रेम, स्वतन्त्रता, जनजीविका, मानिसको दैनिक जीवनमा पैदा हुने आरोह अवरोह, सामाजिक विकृती, विसंगति एवं मानवीय जीवनका भोगाईका समस्याहरुलाई काव्अयात्ध्यामक शैलीमा सुन्दरात्मक बिम्बहरुको प्रयोगका साथ व्यङ्ग्यात्मक तवरले प्रस्तुत गर्नुको साथै समस्या समाधानका सम्भावनाहरु समेत कविताबाटै खोज्ने प्रयास गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. तिमिल्सिनाले समाजमा विकृती र विसंगतिले समाज परिस्कृत भईरहेको बताए । देशका लाखौँ युवाशक्ति विदेशमा रहेको र भविष्यमा देशमै फर्कने भएकोले सरकारले समयमै यस विषयमा सोच्नुपर्ने बताए । पैसा दिएर सम्मान लिने प्रवृत्तिको हावी भईरहेको परिस्थितिमा नुवाकोट साहित्य संगमले गरेको योगदानको चर्चा गरे ।
कार्यक्रममा साहित्यकार थापाले अपाङ्गता भएका महिलाले सहनुपर्ने हिंसा, पिडा र अवरोधको साथै सार्वजनिक स्थानमा भौतिक संरचनाको कारणले गर्दा अपाङ्गता भएकाहरु महिलाले भोगिरहेको कठिनाइले गर्दा सिङ्गो जुन उदाउन नपाएको हुनाले आफुले उक्त कृति बजारमा ल्याएको बताईन् ।
नुवाकोट साहित्य संगमका अध्यक्ष सुमित्रा सुमीले साहित्यमा निरन्तर सक्रिय साहित्यिक स्रष्टा थापाको समाजसेवा, राजनीतिसँगै साहित्य लेखनलाई मुख्य विन्दुमा पुर्याउन संस्थाले कृति बजारमा ल्याएको बताईन् ।
१३६ पेज भएको कृतिमा ५० कविताहरु सङ्ग्रहित रहेको छ । साहित्यकार थापा आधा दर्जन सम्मानबाट सम्मानित भईसकेकी छिन् ।
साहित्यकार थापाको विदुर नगरपालिका वडा नम्बर १ का वडासदस्य समेत रहेका हुन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
