काठमाडौं – एनएमबी बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभि)को रिजल्ट बेस्ट फाइनान्सिङ्ग परियोजना अन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरेको छ ।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एसएनभिसँग बैंकले सहकार्य गरेर सुदुरपश्चिम र कर्णालीका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो ।
बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो । यस परियोजनाबाट दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, विशेषगरि, धुवाँ धुलोमा कमिको कारणले वायु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुँवा तथा धुलोको कारणले स्वास्थ्यमा आउने रोग तथा विकारहरुमा समेत कमि हुने विश्वास लिईएको बैंकले जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
