नुवाकोट – बडादशै महाभिडन्त रिङ रेस्लिङको हेभी वेटमा किङ रोबर्ट विजयी भए । रोबर्टले नुवाकोटे टाइगरलाई हराउँदै वेल्टसहित एकलाख ५० हजार नगद पुरस्कार रुपैयाँ प्राप्त गरे ।
नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिको आयोजनामा भएको रिङ रेस्लिङको महिलातर्फ तनु विजयी भइन् । उनीले आकृतीलाई हराएकी थिइन् । तनुले ६५ हजार रुपैयाँ प्राप्त गरिन् । नुवाकोटको गुर्जेस्थित कालिका माविको मैदानमा शनिबार भएको रेस्लिङको लाइ वेटमा सिजी वल्र्ड च्याम्पियन बने । उनीले सुजललाई हराउँदै ५५ हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।
स्पाइडरम्यान र बाकाको जोडीले टुपी ग्याङलाई हराउँदै ट्याग टिम उपाधि जित्यो । स्पाइडर म्यान र बाकाको जोडीले ८५ हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेटमा चट्टान विजयी भए । उनले साइनलाई हराउँदै ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
शिवपुरी गाँउपालिकाको सहआयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई पूर्व उप प्रधानमन्त्री इश्वर पोखरेल, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
