काठमाडौं – राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको हो ।

परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपालको भू-भाग कसैकोविरुद्ध प्रयोग हुन नदिने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनीतिक माध्यमबबाट टुंगो लगाउने आफ्नो चुनावी घोषणापत्रमा राप्रपाले उल्लेख गरेको छ ।

राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण

राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले राजनैनिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने बताएको छ ।

निष्पक्ष रुपका कार्यसम्पादन गर्न राजनैनिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने बताएको राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ-

– राजनैतिक दलरहितत संवैधानिक परिषद् निर्माण

–संवैधानिक अंगहरुलाई संविधानको मर्म र भावनाअनुसार सञ्चालन गर्न, योग्यता, क्षमताको आधारमा संवैधानिक नियुक्तिको व्यवस्था गरी, राजनैतिक हस्तक्षेपबाट मुक्त तुल्याई, निष्पक्षतापूर्वक कार्यसम्पादन

–न्यायालयमा देखिएको विकृति, विसंगति अन्त्य गर्न, गुमेको विश्वसनीयता पुनर्स्थापित गर्न र पूर्ण न्यायिक बनाउन न्यायपालिकाको पुनर्संरचना

– नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भष्टाचार तथा अनाचार अन्त्य गर्न, स्वार्थको द्वन्द्व सम्बन्धी कानुन जारी

बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ

राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले सुशासन कायममा जोड दिएको छ । भ्रष्टाचार नगर्ने प्रण गरेको घोषणापत्रमा भ्रष्टाचार गर्नुभन्दा बरु आफैं नष्ट हुने उल्लेख गरेको छ ।

‘सुशासन : बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’ शिर्षकमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको घोषणापत्रमा भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहामा लागु गर्ने उल्लेख गरिएको छ ।

वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र

काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ ।

‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने

सार्वजनिक गरेको घोषणापत्रमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने प्रस्ताव गरेको छ ।

‘एक व्यक्ति दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेज

सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रपतीय प्रणाली हटाएर अभिभावीयक भूमिकामा राजसंस्था रहनुपर्ने उल्लेख गरेको छ ।

साथै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शासकीय व्यवस्थालाई आत्मसाथ गरेको घोषणपत्रमा प्रदेश संरचना खारेज गर्ने उल्लेख गरिएको छ ।तर, प्रदेश खारेज गरे पनि केन्द्र र स्थानीय तहलाई भने बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने र पूर्ण समानुपातिक संसद बनाउनुपर्ने प्रस्ताव गरेको राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने आफ्नो घोषणापत्रमा समेटेको छ ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने र उक्त दिन सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउनुपर्ने विषयलाई पनि राप्रपाले घोषणापत्रमा लेखेको छ ।

सम्बन्धित खवर