विदुर – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको दुईसय ८८ मतदान केन्द्र र एकसय ३२ मतदानस्थल निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचनको लागि नुवाकोटको क्षेत्र नम्बर १ र २ मा बराबर एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

तथ्यांकअनुसार प्रतिनिधिसभा सदस्यको लागि नुवाकोटको क्षेत्र नम्बर १ मा महिला ५७ हजार ४०६, पुरुष ६३ हजार ३४३ र अन्य तीन गरी कुल एकलाख २० हजार ७५२ मतदाताले ६८ मतदातास्थलबाट मतदान गर्नेछ । यस्तै, नुवाकोटको क्षेत्र नम्बर २ मा महिला ५८ हजार ३७६ र पुरुष ६० हजार ५९८ एकलाख गरी कुल १८ हजार ९७४ मतदाताले ६४ मतदातास्थलबाट मतदान गर्नेछ ।

प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नम्बर १ मा १४ राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट तीनजना उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् । जसमा महिला तीन र पुरुष १४ जना रहेका छन् । यस्तै, क्षेत्र नम्बर २ मा आठ राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट तीनजना उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् । जसमा महिला तीन र पुरुष आठजना रहेका छन् ।

मतदाताको सङ्ख्याको आधारमा मतदान केन्द्र निर्धारण गरिन्छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधिले एक हजार मतदातामा एउटा मतदान केन्द्र निर्धारण गर्ने व्यवस्था गरेको छ तर मतदाता सङ्ख्या कम रहे पनि एउटा वडामा कम्तीमा एउटा मतदान स्थल हुनैपर्ने व्यवस्था छ । 

अन्तर्गत नुवाकोटका १७ सय २२ जना अस्थायी मतदाताले दुईवटा अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने जनाएको छ ।

जसमा प्रदेशसभा सदस्यको लागि नुवाकोट क्षेत्र नम्बर १ (१) मा ५९ हजार ४५९ जना मतदाता रहेको छ ।

सम्बन्धित खवर