नुवाकोट – आन्तरिक राजश्व विभागले विभिन्न क्षेत्र राजश्व भुक्तानमा उच्च योगदान गर्ने संस्थाहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले विभिन्न शिर्षकमा राजश्व तिर्ने अग्रणी संस्था तथा व्यक्तिलाई बुधबार सम्मानित गरेको हो।
यो वर्ष उद्योग व्यापार सेवातर्फ नुवाकोट विदुरका ऊँ शिवशक्ति सप्लायर्स प्रोपाईटर राजेन्द्र श्रेष्ठ सम्मानित भएका छन्। करदाता सेवा कार्यालय गल्छीबाट ११औँ राष्ट्रिय कर दिवसमा नुवाकोट र धादिङ जिल्लाबाट बढी आयकर दाखिला गरी व्यक्तिगत आयतर्फ उत्कृष्ट करदाता छनौट भई श्रेष्ठ सम्मानित भएको कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
संस्थागतमा कुल आन्तरिक राजश्व सबैभन्दा धेरै भुक्तान गर्नेमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । कार्य सम्पादनमा यसवर्ष उत्कृष्ट कार्य गरेकोले कर्मचारीतर्फ पारस खतिवडालाई सम्मानित गरेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
