रसुवा – जिल्लास्तरीय १०औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कालिका गाउँपालिका प्रथम भएको छ ।

प्रतियोगितामा १५ स्वर्णसहित २४ पदक जितेर कालिकाले उपाधि हात पारेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा गोसाइँकुण्ड गाउँपालिका ४ स्वर्ण, ९ कास्य र ८ रजत पदकसहित २१ पदक प्राप्त गरी द्वितीय भएको छ । यस्तै नौकुण्ड गाउँपालिका तृतीय भएको छ । नौकुण्डले ४ स्वर्ण, ७ कास्य र ११ रजत प्राप्त गरेको छ ।

यस्तै, उत्तरगया गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ । उत्तरगयाले ४ स्वर्ण, तीन कास्य र ७ रजत गरी कुल १४ पदक प्राप्त गरेको छ । आमाछोदिङमो ४ रजत पदक प्राप्त गरेको छ ।

जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलकुद विकास समितिका कार्यालय सचिव रमेशकुमार श्रेष्ठले जानकारी दिए । फागुन १० गतेदेखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, दौड, हाइजम्प, लङजम्पलगायतका खेलहरु समावेश गरिएको श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खवर