नुवाकोट – आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
आज शानिबार नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीबीच रसुवागढी मितेरी पुलमा एक औपाचारिक कार्यक्रम गरी दुवैतर्फीबाट नाका सञ्चालनमा ल्याएको हो ।
सिमा पास नविकरण गर्नुको साथै एन्टिजेन टेस्ट परिक्षण गरेको केही नेपाली नागारिक तथा एक सामान ढुवानी गर्ने कन्टेनर गाडीलाई केरुङ प्रवेश गराएको थियो ।
३८ महिना पछि नाका पूर्णरुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए।
आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ। केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ।
०७६ साल माग १५ गतेबाट चीनमा महामारी कोभिड १९ रोगको संक्रमण देखिएसगैँ २०७८ सालसम्म नाका पूर्णरुपमा बन्द भएको थियो । त्यसपछि आंशिक रुपमा चीन सरकारले एकतर्फी नाका खुलाएको भएपनि तोकिएको परिणामको सामाग्री मात्रै नेपाल ल्याइने गरिएको थियो । नेपालको सामाग्री चीन निर्यातमा भने कोरोना रोगको संक्रमणको कारण देखाई अस्वीकार गर्दै आएको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
