नुवाकोट – विदुर नगरपालिकाका १३ वटै वडालाई बिहिबार पूर्ण खोप घोषणा गरिएको छ ।
नगरपालिकाले विदुरमा आयोजना गरेको कार्यक्रममा आफ्ना सबै वडालाई पूर्ण खोप घोषणा गरिएको हो। कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले ती वडाहरुलाई पूर्ण खोप घोषणा गरेका हुन्।
नगरका १३ वटै वडामा रहेका १६ महिनादेखि २३ महिनासम्म अर्थात् दुई वर्ष मुनिका ४ सय ७४ जना बालबालिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी सबै वडाहरुलाई पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्य चौकी प्रमुखलगायतलाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
