नुवाकोट – कुमलठाटीमा सामुदायिक आरोग्य पोलिक्लिनक सञ्चालनमा आएको छ । पोलिक्लिनकको प्रदेश सभा सदस्य रमेश कुमार महतले शनिबारदेखि सेवा शुभारम्भ गरेका हुन् ।
ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित लिखु गाउँपालिका-६ स्थित कुमलठाटीमा सञ्चालित पोलिक्लिनकले दुईसय जना भन्दा बढी नागरिकको स्वास्थ्य परिक्षण गरी पोलिक्लिकको सेवा शुभारम्भ गरिएको सञ्चालक कल्याणभक्त पाण्डेले जानकारी दिए।
विशेषज्ञद्वारा मुटु रोग, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रजनन रोगको परिक्षणको साथै रेडियोलोजी, जनरल फिजिसियन लगायत सेवा प्रदान गरिएको थियो । स्वास्थ्य परिक्षण, रगत परिक्षणको साथै आवस्यक औषधि वितरण गरी पोलिक्लिकको सेवा शुभारम्भ गरिएको उनले जानकारी दिए ।
नियमित रुपमा फार्मेसी, प्याथोलोजी, एक्सरे, भिडियो एक्सरे र ई.सि.जि. सेवा उपलब्ध गराउने गरी पोलिक्लिनक सञ्चालनमा ल्याइएको जनाईएको छ ।
पोलिक्लिनकमा मेडिकल अधिकृतको संलग्नतामा २४ सै घण्टा आकस्मिक सेवा समेत रहेको छ ।
पोलिक्निकको समुद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रमेश कुमार महत, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
