नुवाकोट – विदुर नगरपालिकाको प्रमुख क्षेत्रमा सञ्चालित व्यवसायहरुमा शुक्रबार बजार अनुगमन गरिएको छ ।
अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यलयले मदिरा तथा सुर्तीजन्य बस्तुहरुको दर्ता तथा बजार अनुगमन गरिएको हो ।
बिक्रीका लागि राखिएका बस्तुको म्याद, ब्यवसाय दर्ता, नविकरण, मदिरा कारोबारका लागि ईजाजत लिए, नलिएको र सुर्तीजन्य पदार्थको कारोबार सम्बन्धि नियम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरिएको थियो ।
कोष तथा लेखा नियन्त्रण नुवाकोटका प्रमुख भिमप्रसाद देबकोटा, बिदुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिपक कायस्थ, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीलगायतको संयुक्त अनुगमनले त्रिशुली, ढुङ्गे, बिदुर, बट्टार, हावाघर क्षेत्रलगायतमा सञ्चालनमा रहेको होटल, मदिरा व्यवसायी, खाद्यान्न किराना, होलसेल पसलहरुमा मदिरा तथा सुर्तीजन्य पदार्थको अन्त:शुल्क अनिवार्य दर्ता तथा नवीकरण गरे नगरेको अनुगमनकोसाथै उक्तसम्बन्धि जानकारी गराएको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
