विदुर – नुवाकोट उद्योग वाणिज्य संघले महिला उद्यमी विकास समितिको संयोजकमा सुजना खतिवडालाई चयन गरेको छ ।
गत शुक्रबार खतिवडाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।
समितिको सदस्यहरुमा अञ्जली पाण्डे, उर्मिला श्रेष्ठ कसाजु, पूर्णिमा अर्याल, ज्ञानु थापा, सरस्वती नेपाल, बबी रिमाल, अनिता लामा, कमला कुवर, सुभद्रा अधिकारी, सृजना नेपाली, भागिरथी पाण्डे, युनिशा तामाङ, सरस्वती आचार्य र सरस्वती बस्नेत रहेका छन् ।
संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले जिल्लाका महिला उद्यमीहरुको लगत संकलन, महिला लघु उद्यमका क्षेत्रमा लगानी र बजारीकरणमा समन्वयन भूमिका, महिला उद्यमीहरुको प्रवर्द्धन र यससँग सम्बन्धित नीति, ऐन, कार्यक्रम सम्बन्धमा कार्य गर्ने, विकास कार्यक्रम र योजनाहरु तयार गर्ने लगायतमा कार्य गर्ने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । जिल्लामा विभिन्न क्षेत्रमा उद्यम गरिरहेका महिला उद्यमीलाई एकीकृत गरी आर्थिक तथा सामाजिक विकासमा मजबुत बनाउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
समितिका संयोजक खतिवडाले महिला उद्यमशिलताको विकासले लैङ्गिक विभेदका साथै महिला हिंसा न्यूनीकरण गर्न, रोजगारी सिर्जना गर्ने र आर्थिक तथा सामाजिकमा मजबुत बनाउन समितिले टेवा पुर्याउने बताईन् ।
हिन्दु महिलाहरुको तीजको अवसरमा संघको आयोजना र महिला उद्यम समितिको समन्वयमा आगामी भाद्र २७ गते इलम प्रशिक्षण केन्द्रमा महिला उद्यमीले तयार गरेका हस्तकलाका सामग्री प्रदर्शन गर्नुको साथै तीज शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम तय गरिएको संघका वरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
